चार्टर्ड उडानहरु बन्द गर्न नाट्टाको माग

चार्टर्ड उडानहरु बन्द गर्न नाट्टाको माग

काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नियमितरुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न सरकारसंग माग गरेको छ । नाट्टाले अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरु विवादास्पद भएकाले तत्काल रोकेर नियमित उडान गर्न माग गरेको हो ।

नाट्टाले नेपाल एयरलाइन्सलाई प्राथमिकतामा राखी नेपालमा अन्तर्राष्ट्रिय उडान गरी रहेका अन्य हवाई कम्पनीहरुलाई गन्तव्य अनुसार हप्ताको २ देखि ३ वटा नियमित उडान गर्न माग गरेको छ । त्यसैगरी चार्टर्ड उडानमा अत्याधिक हवाई भाडा असुल गरिएको साथै टिकट बिक्रीका लागि टिकट जारी गर्ने अनुमति प्रदान नगरिएको भन्दै कुनै पनि हवाई सेवा सञ्चालकहरुलाई अन्तर्राष्ट्रिय गन्तव्यहरुको चार्टर्ड उडानको अनुमति प्रदान नगर्न माग गरेको छ ।

प्रकाशित मिति:     ५ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar