अब कतार र ग्वान्जाउ सातामा एक-एक उडान हुने

अब कतार र ग्वान्जाउ सातामा एक-एक उडान हुने

काठमाडौं। मन्त्रिपरिषद् बैठकले सरकारले कतार र ग्वान्जाउमा हवाइ उडान खोल्ने निर्णय गरेको छ। हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कोभिड-१९ उपचारका लागि चाहिने सामग्री र मानवीय आपूर्ति रोकिएको सातामा एक-एक उडान हुने गरी खोल्न निर्णय गरिएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले बताए।

यस्तै बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भएको पनि उनले बताए।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar