भिटोफमा देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, घोषणा शनिवार

भिटोफमा देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन, घोषणा शनिवार

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । सकुन्तला देवकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिशरण थपलिया, द्वितीय उपाध्यक्षमा मनहरि दाहाल, महासचिवमा चोपेन्द्र बहादुर खड्का, सचिव बिनोद अवस्थी, कोषाध्यक्षमा रघुनाथ पौडेल र सहकोषाध्यक्षमा नवराज तिवारी चयन भएका छन् । यस्तै ४ कार्यसमिति सदस्यमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्वल आचार्य र सागर आचार्य रहेका छन् ।

नयाँ कार्यसमितिको शनिवार चैत १७ गते ठमेलको गोकर्ण हाउसमा हुने मञ्चको २५ औं बार्षिक साधारण सभामा घोषणा गरिने छ ।

प्रकाशित मिति:     १५ चैत्र २०८०, बिहीबार  |    Himali Khabar