टुर्गानमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षमा देवकोटा र पुरीको दाबेदारी

टुर्गानमा बढ्यो चुनावी सरगर्मी, अध्यक्षमा देवकोटा र पुरीको दाबेदारी

काठमाडौं । टुरगाईडहरुको छाता संगठन टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) को नयाँ कार्यसमिति चयनका लागि माघ ११ गते निर्वाचन हुने भएको छ । उक्त दिन टुर्गानको ३० औं वार्षिक साधारणसभासँगै नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुन लागेको हो ।

निर्वाचनको घोषणासँगै टुरगाईहरुबीच चुनावी सरगर्मी सुरु भएको छ । नयाँ कार्यसमिति चयनका लागि यही शनिवार (माघ ६ गते) मनोनयन दर्ताको समय तोकिएको छ ।

टुर्गानको नेतृत्वका लागि थानेश्वर देवकोटा र कुमार पुरीले दाबेदारी प्रस्तुत गरेका छन्। दुबै जनाले आ–आफ्नो एजेन्डासहित चुनावी मैदानमा उत्रिने गरि अन्तिम गृहकार्यमा जुटेका छन् । देवकोटा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन भने पुरी महासचिव हुन । दुबैले आ–आफ्नै तर्फबाट टूरगाइडहरुसँग भेटघाट गरि चुनावी प्रचार–प्रसारलाई तीब्र पारिसकेका छन् ।

यस्तै महासचिवमा अहिलेसम्म वर्तमान कार्यसमितिका सदस्य टंक दूवाडी र पुर्व कार्यसमिति सदस्य शंकर भट्टराईले दाबेदारी प्रस्तुत गरेका छन् । टूर्गानमा १५ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

प्रकाशित मिति:     ४ माघ २०८०, बिहीबार  |    Himali Khabar