सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना संक्रमण

सगरमाथा आधार शिविरमा १७ पर्वतारोहीमा कोरोना संक्रमण

काठमाडौं । सगरमाथा आधार शिविरमा १७ जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । उपचारका लागि काठमाडौं ल्याइएकामध्ये ती पर्वतारोही र भरियामा कोभिड संक्रमण पुष्टि भएको जनाइएको छ । काठमाडौंस्थित एक नीजि अस्पतालकी कर्मचारीले संक्रमण पुष्टि भएको उल्लेख गरेको समेत बीबीसीले जनाएको छ ।

आधार शिविरमा मेडिकल क्लिनिक संचालन गर्ने हिमालयन रेस्क्यु एसोसिएसनले त्यहाँबाट काठमाडौं ल्याइएका केही आरोहीमा कोभिड पुष्टि भएको सूचना आफूले प्राप्त गरेको समेत जनाइएको छ । आधार शिविरमा अवस्थित क्लिनिकका चिकित्सक डा‍‍. प्रकाश खरेलका अनुसार खोकी र ज्वरोजस्ता कोरोनाभाइरससँग मिल्ने लक्षण देखिँदा संक्रमितको संख्या बढिरहेको छ ।

प्रकाशित मिति:     २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar