कोरोना सन्क्रमितको उपचारमा नेतृत्वदायी भुमिका निर्वाह गर्नेलाई यूनिभर्सल पीस फेडेरेसनको सम्मान

कोरोना सन्क्रमितको उपचारमा नेतृत्वदायी भुमिका निर्वाह गर्नेलाई यूनिभर्सल पीस फेडेरेसनको सम्मान

काठमाडौं, २२ फागुन । कोरोना भाइरस सन्क्रमितको उपचारमा नेतृत्वदायी भुमिका निर्वाह गर्ने चिकित्सकहरुलाई शन्तिदुतका रुपमा सम्मानित गरिएको छ । यूनिभर्सल पीस फेडेरेसनले आज एक कार्यक्रमकाबीच कोभिड १९ महामारीबाट अरुलाइ बचाउन आफ्नो ज्यान जोखिममा राखेर काम गरेका प्रतिनिधि स्वास्थ्यकर्मी तथा पत्रकारहरूलाइ सम्मान गरेको हो ।

अग्रपंत्तिमा रहेर काम गर्ने १४ जना सम्मानित व्यक्तिहरू मध्ये ११ जना स्वास्थ्यकर्मीहरू छन । त्यस्तै शाहरी राज्यमन्त्री रामबीर मानन्धर र दुइजना बरिष्ठ पत्रकार पनि सम्मानित भएका छन ।

फेडेरेसनका अनुसार डा. सागर राजभण्डारी, प्रा. डा. सुभाष आचार्य, डा. सन्तकुमार दास, डीएसपी डा. रोसन कुमार झा, डा. अनुप अनुपोला, डीएसपी डा. सौरभ श्रेष्ठ, डा. रुना झा, डा. शेरबहादुर पुन, डा. विपिन नेपाल, डा. रक्षा पाण्डे, डा. समीर कुमार अधिकारी र कान्तिपुरका उपसम्पादक अतुल मिश्र र नागरिक दैनिकका पत्रकार राम सुवेदी हुन् ।

“शान्तिदूत” शान्तिका लागि निर्माण गरिएको विश्वका विविध क्षेत्रलाइ नेतृत्व गर्ने व्यक्तित्वहरूको विश्वव्यापी साझा र सबैभन्दा ठूलो संजाल हो । यूनिभर्सल पीस फेडेरेसनद्वारा प्रस्तुत यो उपाधि कर्मशील आफ्नो भूमिकाद्वारा शान्ति निर्माणमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई प्रदान गरिन्छ । यस उपाधिले मानव कल्याणका खातिर तथा मानवजातिको सेवा गर्नेलाइ सघाउँ पुर्याउने यूपीएफका एशिया प्रशान्त क्षेत्रका अध्यक्ष, पूर्वमन्त्री एकनाथ ढकालले बताए । उनले महामारीका बेला डाक्टरहरूले र्इश्वरको भूमिका खेलेको चर्चा गरे ।

प्रकाशित मिति:     २२ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar