क्षेत्राधिकार भन्दा बाहिर गएर टुरिष्ट भिसाको काम गर्दै नेपाल एडुकेशन कन्सल्टेन्सी

क्षेत्राधिकार भन्दा बाहिर गएर टुरिष्ट भिसाको काम गर्दै नेपाल एडुकेशन कन्सल्टेन्सी

काडमाडौं । शैक्षिक परामर्श सेवाका लागि खुलेका कन्सल्टेन्सीहरुले कार्य क्षेत्र भन्दा बाहिर गएर भिजिट भिसा, बिजनेश भिसा र डीपेण्डेण्ट भिसाको समेत काम गर्दै आएको रहस्य बाहिरिएको छ।
२० औं वर्ष पुरानो नेपाल एडुकेशन कन्सल्टेन्सीले विगत लामो समयदेखि यस्तै क्षेत्राधिकार भन्दा बाहिरको कार्य गर्दै आएको पाइएको छ ।

नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् (नायर) को महासचिव समेत रहेका थरेन्द्र राज अधिकारी नै संचालक रहेको उक्त कन्सल्टेन्सीले फेसबुक मार्फत नै आवेदन लिएर भिजिट भिसामा अष्ट्रोलिया पठाउने गरेको पाइएको छ । नायरलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउने ठूला कन्सल्टेन्सीहरुको छाता संगठनको रुपमा चिनिन्छ । यस क्षेत्रको विकृती र विसंगती हटाउँदै व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारीमा रहेका अधिकारीले नै विगत लामो समयदेखि यस्तो कार्य गर्दै आएको स्विकार गर्नुभयो ।

पछिल्लो समय छिटो कमाउने लोभ अनि दलालको उक्साहटमा लागेर भिजिट भिसामा विदेश जाने क्रम बढ्दो छ ।कन्सल्टेन्सीहरुले यसलाई कमाईको गतिलो अवसरका रुपमा उपयोग गर्दै आएका छन् । मेनपावर र दलाल मार्फत दुवई लगायतका खाडि मुलुक नेपालीहरु गइरहेका छन् भने अस्ट्रेलिया लगायतका मुलुकमा भने कन्सल्टेन्सीहरुले खुलेआम विज्ञापन नै गरेर भिजिट भिसामा मानिसहरू पठाइ रहेका छन् । तर पनि अझै नियामक निकायको ध्यान जान सकेको छैन ।

शैक्षिक परामर्श व्यवसायको काम विशुद्ध शैक्षिक अध्ययनका लागि आवश्यक सल्लाह, सुझाव र गाइड लाइन दिने हो । यसभन्दा बाहिर गएर भिसा उपलब्ध गर्ने गराउने कार्य अवैध भएको इक्यानका महासचिव दीपक राज भुसालले प्रष्ट्याईसक्नु भएको छ । यस्तै शिक्षा मन्त्री देवेन्द्र पौडेलले अधिकार भन्दा बाहिरको कार्य नगर्न सचेत गराइसक्नु भएको छ । मन्त्रालयले यस्ता अवैध कार्य गर्नेबारे सूचना आउन थालेकाले अब ती कम्पनीहरुलाई आवश्यक कारवाही गर्ने जनाइसकेको छ ।

प्रकाशित मिति:     २८ फाल्गुन २०७८, शनिबार  |    Himali Khabar