अष्ट्रेलियाले जापान र दक्षिण कोरियाका यात्रु रोक्यो

अष्ट्रेलियाले जापान र दक्षिण कोरियाका यात्रु रोक्यो

काठमाडौं। अष्ट्रेलियाले कोरोना भाइरसको नयाँ स्ट्रेन ओमिक्रोन फैलिँदै गएपछि अन्तर्राष्ट्रिय सीमा मंसिर २९ (डिसेम्बर १५) सम्म बन्द गर्ने भएको छ।

अष्ट्रेलियन सरकारले सोमबार एक विज्ञप्ती जारी गर्दै जापान र दक्षिण कोरियाबाट आउने यात्रुहरुलाई मंसिर २९ सम्म रोक लगाउने निर्णय गरेको छ। अष्ट्रेलियाको संघीय सरकारले मंसिर १५ बुधबारबाट करिब दुई लाख कामदार तथा विद्यार्थीहरुलाई देश भित्रिन दिने निर्णय गरेको थियो।

तर, मन्त्रिपरिषद् बैठक बस्नुअघि संघीय मन्त्रीहरुले बुधबारबाट सीमा खोल्ने योजना समीक्षा गर्दै थप १५ दिन बन्द गर्नुपर्नेमा तयारी थालेका छन्।

प्रकाशित मिति:     १४ मंसिर २०७८, मंगलवार  |    Himali Khabar