भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्यो

भारतमा कोरोना भाइरस संक्रमण फेरि बढ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । बिहीबारको पछिल्लो विवरण अनुसार भारतमा एक दिनमै १८ हजार ४५४ जना नयाँ संक्रमित थपिएका छन् । तर सोही अवधिमा संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५१६ जना रहेको छ । यो तथ्यांकले संक्रमणुमक्त हुनेभन्दा संक्रमित हुनेको संख्या धेरै रहेको देखाउँछ । यसअघि बुधबार १४ हजार ६२३ मा संक्रमण देखिएको थियो ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या १ लाख ७८ हजार ८३१ रहेको जनाएको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड ३४ लाख ९५ हजार ८०८ पुगेको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म १०० करोडभन्दा बढीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति:     ४ कार्तिक २०७८, बिहीबार  |    Himali Khabar