यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई

काठमाडौं । अमेरिकी अर्थशास्त्री डेभिड कार्ड, जोसुवा डि. एंग्रिस्ट र ग्वाइडो डब्लु इम्बेन्सले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । कार्डलाई लेबर इकोनोमिक्समा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको होे ।

यस्तै, एंग्रिस्ट र इम्बेन्सलाई कारण–कार्य सम्बन्धको विश्लेषणमा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको हो ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार राशी ११ लाख अमेरिकी डलर र एक स्वर्ण पदक रहेको छ । पुरस्कारको आधा हिस्सा कार्डको र आधा हिस्सा एंग्रिस्ट र इम्बेन्सको हुनेछ । ६५ वर्षिय कार्ड युनिभर्सिटी अफ बार्कले क्यालिफोर्नियामा अर्थशास्त्रका प्राध्यापक हुन् भने ६१ वर्षिय एंग्रिस्ट म्यासाच्युसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र ५८ वर्षिय इम्बेन्स स्टानफोर्ड ग्राजुएट्स अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यपक हुन् ।

प्रकाशित मिति:     २६ आश्विन २०७८, मंगलवार  |    Himali Khabar