ट्विटर खाता खुलाउन निवर्तमान राष्ट्रपति ट्रम्पको माग

ट्विटर खाता खुलाउन निवर्तमान राष्ट्रपति ट्रम्पको माग

काठमाडौं । अमेरिकीकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर खाता खुलाउन माग गरेका छन्। गत वर्ष अमेरिकी राष्ट्रपतीय चुनावको मुखमा ट्विटरले बन्द गराइदिएको खाता खुलाउन माग गर्दै उनले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन्।

अमेरिकी जिल्ला अदालत फ्लोरिडामा उनले आफ्नो खाता रिस्टोर गर्नुपर्ने माग गर्दै मुद्दा दिएका हुन्। सन् २०२१ को जनवरीमा ट्विटरसँग अरू सामाजिक सञ्जालहरुले ट्रम्पको व्यक्तिगत खातामा ब्लक गरिदिएका थिए। ट्रम्पले चुनाव हारेपछि भएको हुलदंगालाई उत्तेजित पारेको भन्दै ट्रम्पको खाता बन्द गरिदिएका थिए।

प्रकाशित मिति:     १७ आश्विन २०७८, आईतवार  |    Himali Khabar