खोप लगाएका पर्यटकले श्रीलंका जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

खोप लगाएका पर्यटकले श्रीलंका जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने

काठमाडौं । श्रीलंकाले अन्तर्राष्ट्रिय विमानस्थल भएर भित्रिने पर्यटकका लागि यसअघि अनिवार्य गरेको पीसीआर परीक्षणसम्बन्धी प्रावधानलाई हटाउने निर्णय गरेको छ। पूर्ण खोप लगाइएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी संक्रमण पुष्टि नभएको रिपोर्ट लिएर ७२ घण्टाभित्र स्वदेश आउने पर्यटकले अनिवार्य पीसीआर परीक्षण गर्नुनपर्ने श्रीलंकाका स्वास्थ्य मन्त्री कहेल्या रामबुकवेलाले बन्दरानाइकेले बताए।

उनले भने, ’पर्यटकले आगमनभन्दा दुई हप्ता अगाडि कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप लगाएको वा कुनै पनि मुलुकमा पीसीआर परीक्षण गरी ७२ घण्टा ननाघेको भएमा श्रीलंकामा आएर पीसीआर गराउनु अनिवार्य हुने छैन। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ४० लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिएको श्रीलङ्का आफ्नो मुनाफादायी पर्यटन उद्योगलाई सुदृढ पार्न पर्यटकहरूका लागि देश पुनः खोल्न तयार छ।’

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar