काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई यी केन्द्रबाट दिइँदैछ खोप

काठमाडौंमा १८ वर्षमाथिका नागरिकलाई यी केन्द्रबाट दिइँदैछ खोप

काठमाडौं । काठमाडौंका आठवटा केन्द्रबाट १८ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिइँदैछ । मंगलबारबाट सुरु गरिएको खोप अभियान आजसम्म चल्ने काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ । आगामी साता काठमाडौंका करिब २ लाख नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज दिइने काठमाडौं स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले बताए ।

काठमाडौंको प्रहरी अस्पताल महाराजगञ्जमा भेरोसेल र एस्ट्राजेनेकाको पहिलो र दोस्रो डोज दिइँदैछ भने सैनिक अस्पताल छाउनीमा जोन्सन एण्ड जोन्सन र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप दिइँदैछ । त्यस्तै राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल, परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, एपीएफ अस्पताल बलम्बु र सिभिल अस्पताल नयाँ बानेश्वरमा एस्ट्राजेनेका खोपको पहिलो डोज दिईंदै छ ।

प्रकाशित मिति:     २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar