यी हुन माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरु

यी हुन माधव नेपालको पार्टीबाट मन्त्री बन्नेहरु

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वमा नव गठित नेकपा (एकिकृत समाजवादी) पार्टी सरकारमा जाने भएको छ । बुधबार दल दर्ताको प्रमाणपत्र पाएसँगै नेपाल नेतृत्वको पार्टी आधा दर्जन मन्त्रालय सम्हाल्ने गरि सरकारमा सहभागी हुने लागेको हो ।

नेता नेपाललाई कुर्दा नै मन्त्रीपरिषद् विस्तार ढिला भएको नेताहरुले बताउँदै आएका थिए । माधव नेपाल नेतृत्वको पार्टीबाट मन्त्रीका लागि बिरोध खतिवडा, कल्याणी खड्का, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी लगायतको चर्चा बढी छ । भोलीसम्म मन्त्रीपरिषद् विस्तार गरिने हुँदा पार्टीले आज बेलुकीसम्म मन्त्रीहरुको नामापली टूग्याउने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति:     १० भाद्र २०७८, बिहीबार  |    Himali Khabar