टुंगियो कांग्रेस क्रियाशील सदस्यता विवाद

टुंगियो कांग्रेस क्रियाशील सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद टुंगिएको छ । विवाद समाधानका लागि गठित समितिले आज सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र लेखकलाई विवाद मिलाउने जिम्मा दिएको थियो ।

क्रियाशिल सदस्यता विवाद समाधान हुन नसकेको भन्दै महाधिवेसन कार्यतालिका नै प्रभावित हुने आशंका भइरहेको बेलामा अन्ततः विवाद समाधान भएको हो । समितिलाई गत ३ गते प्रतिवेदन बुझाउन समय दिइएकोमा उक्त मितिमा बुझाउन सकेको थिए । कांग्रेस जिल्ला सभापतिहरुले शनिबार पनि सदस्यता समाधान गरेर नामावाली चाँडो सार्वजनिक गर्न नेतृत्वलाई दवाब दिएका थिए ।

विवाद समाधान समितिका सदस्यहरुले शनिबार साँझ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरेका थिए ।
अब क्रियाशिल सदस्यता विवाद समाधान भएको र तोकिएको मितिमै महाधिवेसन हुनेमा ढुक्क हुन समितिका सदस्य रमेश लेखकले आग्रह गरेका छन् ।

कांग्रेसले मंसिर ९ गते देखि १३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar