बार्सिलोनाबाट छोड्न तयार थिइँन भन्दै पत्रकार सम्मेलनमा रोए मेसी

बार्सिलोनाबाट छोड्न तयार थिइँन भन्दै पत्रकार सम्मेलनमा रोए मेसी

काठमाडौं । बार्सिलोनाबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसीले आफू यसका लागि तयार नभएको बताएका छन् । क्लबबाट बिदा हुने निश्चित भएपछि आफैँले आयोजना गरेको पत्रकार सम्मेलनलाई भावुक हुँदै सम्बोधन गरेका मेसीले यो एकदमै कठिन क्षण भएको बताए ।

‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

बार्सिलोनाको स्टेडियम क्याम्प नोउमा पत्रकार सम्मेलनको आयोजना गरेका मेसी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिए । उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखाभरि आँशु देखिएको छ ।

प्रकाशित मिति:     २४ श्रावण २०७८, आईतवार  |    Himali Khabar