नेपालीले एक बर्षमा १ अर्व ६५ कराेडकाे डाइपर प्रयोग गरे

नेपालीले एक बर्षमा १ अर्व ६५ कराेडकाे डाइपर प्रयोग गरे

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ ।
सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ । त्यस्तै भियतनामबाट ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ ।

नेपालले मलेसिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ), टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ ।

प्रकाशित मिति:     २३ श्रावण २०७८, शनिबार  |    Himali Khabar