इजरायलले चार राष्ट्र भ्रमणमा प्रतिबन्ध लगायो

इजरायलले चार राष्ट्र भ्रमणमा प्रतिबन्ध लगायो

काठमाडौं । इजरायलले कोभिड १९ को बढ्दो सङ्क्रमणका बीच चार राष्ट्र भ्रमणमा प्रतिबन्ध लगाएको छ । इजरायली नागरिकले अनुमति बेगर बेलायत, जर्जिया, साइप्रस र टर्की भ्रमण गर्न पाउने छैन् ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरसको मृत्यु दर उच्च रहेको यी राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाइएको छ । शुक्रबारदेखि उक्त आदेश लागू भएको छ । इजरायलले यसअघि अर्जेन्टिना, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको, रुस, बेलारुस, उज्वेकिस्तान, स्पेन र कीर्गिस्तान भ्रमण गर्दा विशेष अनुमति लिनुपर्ने ब्यवस्था गरेको छ ।

प्रकाशित मिति:     १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar