चार हप्तामा विश्वभर कोरोना संक्रमणमा ८० प्रतिशतले बढ्यो

चार हप्तामा विश्वभर कोरोना संक्रमणमा ८० प्रतिशतले बढ्यो

एजेन्सी। संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुने विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)ले दावी गरेको छ। डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार विश्वमा कोरोना महामारी नियन्त्रणका लागि सबै आवश्यक प्रविधि भएर पनि त्यसको भरपूर प्रयोग हुन सकेको छैन।

डब्लुएचओका अनुसार बितेको चार हप्तामा विश्वभर कोरोना संक्रमणमा ८० प्रतिशतले वृद्धि आएको छ। सो अवधिमा सबैभन्दा बढी अफ्रिकी मुलुकका ८० प्रतिशत संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति:     १६ श्रावण २०७८, शनिबार  |    Himali Khabar