अन्तरिक्ष पुगेर फर्किएका अमेजन संस्थापक जेफ बेजोसको यात्रा कस्तो रह्यो ?

अन्तरिक्ष पुगेर फर्किएका अमेजन संस्थापक जेफ बेजोसको यात्रा कस्तो रह्यो ?

काठमाडौं । विश्वका नम्बर वान धनाढ्य तथा अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले मंगलबार सफलतापूर्वक अन्तरिक्ष यात्रा गरेका छन् । अन्य तीन जना यात्रुसँगै बेजोसले आफ्नै कम्पनी ब्लु ओरिजिनले तयार पारेको न्यू शेफर्ड रकेट यानमार्फत् उनले करीब १० मिनेटको अन्तरिक्ष यात्रा पूरा गरी पृथ्वीमा सकुशल अवतरण गरे ।

उक्त यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षीया पूर्वपाइलट तथा अमेरिकी अन्तरिक्ष कार्यक्रमकी पूर्वसदस्य वाली फंक र एक १८ वर्षीय विद्यार्थी ओलिभर डायमेनले पनि सहभागी रहे । चारै जना पृथ्वीबाट उडेको १० मिनेट १० सेकेण्डपछि प्याराशुटको माध्यमबाट पृथ्वीमा फर्किएर अवतरण गरेका थिए ।

योसँगै वाली अन्तरिक्षमा जाने सबैभन्दा पाको उमेरकी महिला बनेकी छिन् भने डायमेन सबैभन्दा कम उमेरका व्यक्ति बन्ने कीर्तिमान कायम गरेका छन् । सफलतापूर्वक अन्तरिक्षयात्रा पूरा गरी पृथ्वीमा फर्किएसँगै बेजोस एक अन्तरिक्षयात्रीको रुपमा आफ्नो सबैभन्दा उत्तम दिन रहेको बताए ।चारैजना यात्रीहरुले करिब ४ मिनेटसम्म तौल विहीनताको अनुभव गरे । उनीहरुको आफ्नो सिटबेल्ट खोले र हावामा तैरिने अनुभव पनि गरे । उनीहरुले त्यहाँबाट निकै टाढा देखिने पृथ्वीको दृश्यावलोकनको मज्जा पनि लिए ।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar