प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतले दिइन बधाई

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतले दिइन बधाई

काठमाडौं। नेपालकी लागि चिनियाँ राजदूत होउ यान्छीले आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेकी छन्। बधाई तथा शुभकामना दिन उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन्।

विगत ६ वर्षयता नियुक्त भएकै दिन चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भेटी बधाई दिँदै आए पनि यस पटक भने प्रधानमन्त्री नियुक्त भएको चौथो दिन मात्र बधाई दिइएको हो। प्रधानमन्त्री देउवाले आफूले चीनसँग राम्रो सम्बन्ध बनाउने बताए।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar