जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ुविप्लवबीच भेटवार्ता भएको छ।

महासचिव चन्द जसपाका संघीय परिषद् अध्यक्ष डा भट्टराईसँगको भेटवार्ताका लागि शुक्रबार उनको निवास पुगेका थिए। केही दिन यता विप्लवले राजनीतिक सक्रियता बढाएका छन्। उनले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र बिहीबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका उनी सक्रिय रहेका छन्।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar