करिनाविरुद्ध उजुरी

करिनाविरुद्ध उजुरी

मुम्बई । बलिउड अभिनेत्री करिना कपुर खानमाथि धार्मिक भावनामाथि ठेस पुर्‍याएको आरोप लागेको छ । हालै सार्वजनिक पुस्तक ‘करिना कपुर खानस् प्रेगनेन्सी बाइबल’का कारण उनी कानुनी झमेलामा फसेकी हुन् ।

अल्फा ओमेगा क्रिस्चियन महासंघका अध्यक्ष आशीष शिन्देले बिडस्थित शिवाजी प्रहरीचौकीमा उजुरी दर्ता गराएका हुन् । करिनामाथि पवित्र शब्द बाइबललाई पुस्तकको शीर्षकमा राखेर इसाइहरुको भावनामाथि ठेस पुर्‍याएको आरोप लगाएको हो ।

शिवाजीका एक प्रहरी अधिकारीले उजुरी आएको स्वीकार गरे पनि एफआईआर भने दर्ता नभएको पुष्टि गरेका छन् । घटना मुम्बईको भएकोले मुम्बई प्रहरीमा उजुरी दर्ता गराउन प्रहरी अधिकारीले उजुरीकर्तालाई भनेका छन् ।

यही जुलाई ९ मा पुस्तक सार्वजनिक गर्दै करिनाले यसलाई आफ्नो तेस्रो सन्तानको संज्ञा दिएकी थिइन् । उक्त पुस्तकमा करिनाले गर्भावस्थामा अनुभव गरेका शारीरिक र मानसिक उतार–चढावलाई उतारेकी छन् ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar