माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन खारेज

माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीसहित माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको छ। रामबहादुर थापा, टाेपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी र मणि थापालगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरूले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल दर्ता खारेजी माग गरेका थिए।

आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरिदिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा भनेजस्तो दाबी नपुगेकोले निवेदन नै खारेज भएको जानकारी दिए ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar