काठमाडौंका यी चार अस्पतालबाट भोलि र पर्सी चिनियाँ खोप लगाइने

काठमाडौंका यी चार अस्पतालबाट भोलि र पर्सी चिनियाँ खोप लगाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले यसअघि कोरोना खोपको पहिलो डोज लगाउन छुटेका ६० र ६१ वर्ष समूहका व्यक्तिलाई भोलि र पर्सी चिनियाँ खोप भेरोसेल लगाइने भएको छ। ६४ र ६२ वर्षकाले भने खोप लगाइसकेका छन् ।

महानगरपालिकाभित्र पर्ने वीर अस्पताल , शिक्षण अस्पताल टिचिङ, वीरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पताल मा खोप लगाईन व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ।

यसअघि भेरोसेलको पहिलो डोज लगाएका व्यक्ति,स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई पनि खोप दिइने छ। गएको मंगलबारदेखि खोप लगाउन सुरु गरेपनि खोप सकिएको भन्दै महानगरपालिकाले बन्द गरेको थियो ।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar