दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा

दुई हजार जरिवाना तिरेर छुटे गणेश लामा

कास्की । कास्कीमा पक्राउ परेका कांग्रेस काभ्रेका नेता गणेश लामा दुई हजार जरिवाना गराइएको छ । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो ।

प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए ।

प्रकाशित मिति:     २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar