चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाइने

चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाइने

काठमाडौं। चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको छ। चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन चीनको स्वास्थ्य विभागले अनुमति प्रदान गरेको हो।

योसंगै तीन वर्षमाथिका उमेर समूहलाई खोप दिने चीन पहिलो देश बनेको छ।यो खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो। चीनले छिट्टै बालबालिकालाई खोप दिन सुरु गर्ने जनाइएको छ ।

प्रकाशित मिति:     २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar