काठमाडौंमा यी स्थानबाट लगाइन्छ चिनियाँ खोप (सूचीसहित)

काठमाडौंमा यी स्थानबाट लगाइन्छ चिनियाँ खोप (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा चिनियाँ खोप लगाउनको लागि ३२ वटा केन्द्र तोकेको छ । महानगरपालिकाले मंगलबारदेखि ५ दिनसम्म चल्ने खोप अभियानका लागि हरेक वडामा एक–एक वटा केन्द्र तोकेको हो । महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ ।

२६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको गरिएको छ।

खोप केन्द्र
–नन्दी रात्री स्कुल, नक्साल

–वडा कार्यालय, लाजिम्पाट

–वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र

– वडा कार्यालय, वालुवाटार

–वडा कार्यालय, हाँडीगाउँ

–महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध

– वडा कार्यालय, मित्रपार्क, चावहिल

–गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी

– अनुपम फुडल्याण्ड, बत्तीसपुतली

– म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर

–विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर

–बुद्ध माई अस्पताल, टेकु

–जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी

–वडा कार्यालय, भुवनेश्वरी कलंकी

–भुइँखेल चौर, स्वयम्भू

– बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, नयाँ बजार

– पब्लिक युथ क्याम्पस, धोवी चौर

– पुष्पलाल पार्क, विष्णुमती किनार

– वडा १९ कार्यालय

– शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी

– सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल

–वडा कार्यालय, टेवहाल

– नव आदर्श विद्यालय, बसन्तपुर

–इतुमबहाल, तारणीबहाल

–कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी

– वडा कार्यालय परिसर, लैनचौर

– महावौद्ध चोक

– कार्यालय परिसर, सिटी मार्केट

– विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार

– सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक

– इपियस स्कूल, मीनभवन

– वडा कार्यालय परिसर, पाल्पाकोट

प्रकाशित मिति:     २४ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar