यो समयमा लगाइने छ ६० देखि ६४ वर्षकालाई भेरोसेलको पहिलो खोप (तालिका सहित)

यो समयमा लगाइने छ ६० देखि ६४ वर्षकालाई भेरोसेलको पहिलो खोप (तालिका सहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको चीनले उपलब्ध गराएको भेरोसेल खोप को पहिलो मात्रा लगाउन ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आग्रह गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण भएका ६० देखि ६४ उमेर समूहका व्यक्तिहरुले एक महिना पूरा भएपछि मात्र खोप लगाउन आग्रह गरिएको छ । शहरी स्वास्थ्य तथा खाद्य पदाथै नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन ।

विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले आफू बसोबार गर्ने वडा नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्डको पालना गरी खोप लगाउन आग्रह गर्नुभएको छ । काठमाडौं महागरपालिकाको ३२ वटै वडामा जेठ २५ देखि २९ गतेसम्म खोप लगाइँदै छ । खोप मंगरबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने छ ।

प्रमुख कुँबरका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने छ भने २६ गते ६३ वर्ष उमेर समूहकालाई खोप लगाइने छ । त्यस्तै २७ गते ६२ वर्ष उमेर समूह, २८ गते ६१ वर्ष उमेर समूहका र २९ गते ६० वर्ष उमेर समूहकालाई भेरोसेल खोपको पहिलो मात्रा दिइन लागेको कुँबरले जानकारी दिनुभयो । साथै उहाँले तोकिएको मितिमा मात्र खोप लगाइने बताए ।

खोप लगाउन आउँदा उमेर खुलेको फोटोसहितको सरकारी कागजात सँगै लैजानुपर्ने छ । त्यस्तै सरकारी कागजात नभएकाको हकमा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोप लगाउन जानुपर्ने छ ।

प्रकाशित मिति:     २३ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar