६० देखि ६४ वर्षकाले प्रत्येक वडाबाट कोरोनाको खोप लगाउन पाउने

६० देखि ६४ वर्षकाले प्रत्येक वडाबाट कोरोनाको खोप लगाउन पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले मङ्गलबारबाट ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

उक्त उमेर समूहका व्यक्तिका लागि भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

प्रकाशित मिति:     २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar