चिनियाँ खोप जेठ २५ गतेबाट लगाउने , यी हुन खोप पाउने उमेर समूह ?

चिनियाँ खोप जेठ २५ गतेबाट लगाउने , यी हुन खोप पाउने उमेर समूह ?

काठमाडौं । चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले मंगलबार बसेको बैठकले जेठ २५ गतेबाट खोप अभियान सुरू गर्ने निर्णय गरेको जानकारी दिए।

चीनले अनुदानमा दिने भनेको १० लाख डोज खोपमध्ये साढे ८ लाख बढी खोप नेपाल आइसकेको छ। जसमध्ये ८ लाख डोज खोप नेपाल एयरलाइन्सले मंगलबार दिउँसो स्वदेश ल्याएको हो। बाँकी २ लाख खोप भने हिमालयन एयरलाइन्सलले ल्याइदिने छ। जसमा ५० हजार डोज मंगलबार बिहानै ल्याइएको छ।

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदानमै दिएको थिए। अनुदानमा आउने खोप ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाउने निर्णय गरेको छ। ६० देखि ६४ वर्ष उमेर समूहका मानिस झन्डै साढे ८ लाख रहेका छन् ।

प्रकाशित मिति:     १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar