स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई ९१ हजार जरिवाना

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई ९१ हजार जरिवाना

काठमाडौं। मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

यस्तै, बिना काम हिँडडुल गर्ने ३ हजार ३ सय २४ जनालाई सम्झाई–बुझाई छाडिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति:     १८ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar