कोरोनाबाट मर्नेको यकिन संख्या सार्वजनिक नभएको डब्ल्यूएचओको ठहर

कोरोनाबाट मर्नेको यकिन संख्या सार्वजनिक नभएको डब्ल्यूएचओको ठहर

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाबाट २०२० मा मर्नेको संख्या कम्तीमा ३० लाख रहेको अनुमान गरेको छ।

यो अवधिमा मृत्यु हुनेको संख्या १८ लाख बताइएकोप्रति आशंका गर्दै डब्ल्यूएचओले दोब्बर मृत्यु भएको अनुमान गरेको हो। डब्ल्यूएचओले आफ्नो रिपोर्टमा २०२० डिसेम्बर ३१ सम्ममा संसारभर संक्रमितको संख्या आठ करोड २० लाखभन्दा बढी रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति:     ८ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar