मिस युनिभर्स २०२० को उपाधि मेक्सिकोकी एन्ड्रियालाई

मिस युनिभर्स २०२० को उपाधि मेक्सिकोकी एन्ड्रियालाई

एजेन्सी। मिस युनिर्भस २०२० को ताज मेक्सिकोकी एन्ड्रिया मेजाले पहिरिएकी छिन्। आइतबार राती फ्लोरिडामा भएको प्रतियोगितामा एन्ड्रियाले ७३ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्सको ताज आफ्नो शिरमा लगाइन्।

उपाधिसँगै एन्ड्रिया मिस युनिभर्सको ताज लगाउने तेस्रो मेक्सिकन महिला बनेकी छिन्। मेजाले फाइनल राउन्डमा ब्राजिलकी जुलिया गामा र पेरुकी ज्यानिक मकेटालाई पछि पारिन्।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar