एनआरएनए माल्टामा अनलाईनबाट मतदान, अध्यक्ष अर्याल भन्छन्- समय र खर्च व्यवस्थापनका लागि महत्वपुर्ण

एनआरएनए माल्टामा अनलाईनबाट मतदान, अध्यक्ष अर्याल भन्छन्- समय र खर्च व्यवस्थापनका लागि महत्वपुर्ण

काठमाडौं । एनआरएनए माल्टाको तेस्रो अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि हुने मतदान अनलाईन माध्यमबाट हुने भएको छ ।

अष्ट्रेलियाको भेरो कम्पनीसँगको सहकार्यमा अनलाईन माध्यमबाट निर्वाचन गरिने एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिए । करिब ३१ सय मतदाता रहेको एनआरएनए माल्टाको यही ३० तारिखमा निर्वाचन हुँदै छ ।

मतदाताको समयको चाप र खर्चको समेत मितब्ययीताका लागि अनलाईन भोटिङको तयारी गरिएको अर्यालले जानकारी दिए ।

निर्वाचनको सबै तयारी पुरा भएको र अनलाईन माध्यमबाट मतदानको ब्यवस्थापन गर्न लागिएको निर्वाचन समितिका संयोजक एवं एनआरएनए माल्टाका संस्थापक अध्यक्ष राजु अर्याल बाबुले जानकारी दिए ।

यसैबीच एनआरएनए माल्टाको अध्यक्षमा उम्मेदवारी दिएका वर्तमान महासचिव रोशन गिरी नेतृत्वको टिमले आफ्ना उम्मेदवारको प्रतिवद्वता सार्वजनिक गरेको छ । वर्तमान अध्यक्ष एवं आइसीसी सदस्यका उम्मेदवार भुवन अर्यालका अनुसार द नर्थ कन्फरेन्स सेन्टर, सनग्वानमा सयों समर्थकबीच गिरी र उनको टिमका पदाधिकारी र सदस्यहरुले आगामी कार्यकालमा गरिने कामको प्रतिवद्वता जनाएका हुन् ।

प्रकाशित मिति:     १० श्रावण २०८०, बुधबार  |    Himali Khabar