विश्वकै कान्छो एनआरएनए अध्यक्ष बन्दै गिरी, अध्यक्ष अर्यालसहित पूर्वपदाधिकारीको साथ

विश्वकै कान्छो एनआरएनए अध्यक्ष बन्दै गिरी, अध्यक्ष अर्यालसहित पूर्वपदाधिकारीको साथ

काठमाडौं । युवा एनआरएनए अभियान्ता रोशन गिरी विश्वकै कान्छो एनआरएनए अध्यक्ष बन्ने भएका छन् । एनआरएनए माल्टाका वर्तमान महासचिव गिरीले २०२३-२०२५ का लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । वर्तमान अध्यक्ष भुवन अर्यालसहित पूर्व अध्यक्ष र पदाधिकारीहरुको समर्थनमा २७ वर्षीय गिरीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

गिरी निर्वाचित भए एनआरएनएको इतिहासमा सबैभन्दा कान्छा अध्यक्ष हुने छन् । एनआरएनए माल्टालाई चलायमान संस्था बनाउन भुवन अर्याल नेतृत्वको टीममा महासचिवका रुपमा कुशल भुमिका खेलेका गिरी सन् २०१८ देखि एनआरएनए अभियानमा छन् । एनआरएनए माल्टाको युवा संयोजक र महासचिवका रुपमा काम गरिसकेका गिरी कुशल संगठकका रुपमा परिचित छन् ।

वर्तमान अध्यक्ष अर्यालले गिरीको उम्मेदवारीले एनआरएनए माल्टालाई थप सशक्त बनाउन भुमिका खेल्ने बताए । विश्वकै सबैभन्दा कान्छा एनआरएनए अभियान्ता गिरीले १९ बुँदे प्रतिवद्वतासहित उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष अर्यालले सर्वसम्मतको प्रयास समेत भइरहेको बताउँदै चुनाव भएको अवस्थामा गिरीको पल्लाभारी निश्चित भएको बताए ।

यस्ता छन् गिरीका १९ बुँदे प्रतिवद्वता

१) माल्टा सरकारले अल्पबिकसित राष्ट्रहरुको नागरिकहरु लाभान्वित हुनेगरी बनाईएका सुबिधा तथा नीतिका बारेमा जानाकारी गराउँदैप्रवासी नेपालीहरूले अन्तर्राष्ट्रीय संघसंस्था बाट पाउने सुविधा बारेमा अवगत गराउने तथा उक्त सेवा सुविधा लिनकालागि एन आरएनए माल्टा मार्फत गर्न समन्वयत्मक भूमिका निर्वाह गर्नेछु ।

२) माल्टामा हाल कार्यरत नेपाली मजदुर तथा व्यवसायीहरु बिचमा भएका ( कार्यावधी तथा तलब सुविधाहरु लागायतका समस्याहरुसमाधानका लागि सम्बन्धित निकाय सङ्ग सकृयरुपमा पहल गर्नेछु ।

३) माल्टामा रहेका श्रमिक हरुको सहयोगि एजेन्सी (जेनरल वर्कर युनियन GWU )लगायतका माल्टिज प्रोजेक्टहरुसंगको साझेदारीमानेपालमा सिपमूलक कार्यक्रम संचालनका प्रकृया अघि बढाउनेछु ।

४) माल्टामै अध्ययन तथा रोजगारीका क्षेत्रहरुसंग सम्बन्धित विभिन्न विज्ञहरु सम्मिलित सेमिनारहरु आयोजना गरि, विद्यार्थी तथा पढाईसकेर रोजगारीका खोजीमा रहेका नेपालीहरुलाई सहजीकरण तथा अन्य तालिम वा काउन्सिलिङ्ग कार्य गर्नेछु ।

५)एनआरएनएलाई आर्थिक रुपमा पारदर्शि बनाउनको लागि आर्थिक विवरण संस्थाको वेवसाईट, फेसबुक लगायत सार्वजनिकमाध्यममा त्रैमासिक अवधिमा सबैले थाहा पाउनेगरि खुल्ला तरिकाले सार्वजनिक गर्ने छु। प्रत्येक बैठक लगाएत आर्थिक गतिबिधि र वार्षिक प्रतिवेदनहरु सँस्थाको पेजमा अपडेट गर्नेछु।

६) माल्टामा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसालाई निर्मूलीकरण तथा पछिल्लो समय बढ्दै गहिरहेको लागुऔसधका सिकारबनि रहेका युवा हरुको खोजि निति तथा समस्या न्युनिकरड गर्नको लागि सम्वन्धित निकायहरुसंग समन्वय र पीडितलाई सक्दोसहयोग पुर्याउने छु ।

७)नेपाली राजदूतावास लगायत अन्य संघसंस्थाहरु सँगको सम्बन्धलाई अझै चुस्त – दुरुस्त बनाउन प्रयत्न गर्नेछु।

८)मर्दापर्दा गरिने सामाजिक सहयोग र कामलाई पारदर्शी बनाउँदै नेपालमा सम्बन्धित परिवारजनलाई अधिकतम सहयोग पुर्याउन पहलगर्नेछु ।

९)वोल्ट व्ल्ट तथा अन्य ड्राइभिङ्ग पेशामा कृयाशिल राइड्र्‍र तथा अन्य हाइ रिक्स क्षेत्र मा कार्यरत नेपालीहरुको क्षमता अभिवृद्धिकालागि सम्बन्धित क्षेत्रका दक्ष हरुबाट तालिम तथा पुनर्ताजगीका कार्यक्रमहरु संचालन गर्नेछु ।

१०)व्यवसायीहरुको व्यवसायलाई अभिवृद्धि गर्न आवश्यक नीति तथा कार्यक्रमहरुको खोजि गर्नेछु ।

११) खेल तथा स्वास्थ्यलाई मध्यनजर गर्दै माल्टा तथा युरोप का अन्य देश मा सह्भागि हुने खेल तथा नेपालमा हुने बिभिन्न खेलकूदकाकार्यक्रम तथा खेलाडीहरूलाई प्रोत्साहन र सहयोगको लागि पहल गर्नेछु ।

१२) नेपालको पर्यटन तथा मौलिकतालाई माल्टिज स्थानिय समुदायमा पुर्याउने प्रभावकारी अवसर नेपालि वर्ष वा नेप्लिज कल्चरल डेमार्फत कार्यक्रम गर्न भिन्न समिति बनाउनेछु र उक्त कार्य पारदर्शी र व्यवस्थित बनाउँदै हरेक वर्ष उहि समय र उहि स्थानमा गराउनकालागि नेपाल फेस्टिवल स्थायी आयोजक समिति बनाउनेछु ।

१३) माल्टामा हासिल गरेको ज्ञान, सिप, पूँजी, अनुभव र दक्षतालाई मातृभूमि लैजान आवश्यक पहल गर्ने छु |
१४-गोजो को लागि छुट्टै LCC (Local Coordination Committee) को स्थापना गर्ने प्रतिबद्दता गर्दछु |

१५) माल्टाको गोजो प्रान्त तथा भौगोलिक दुरी का बिभिन्न शहरहरुमा रहेका नेपालीहरुमा आईपर्ने समस्याहरुमा सम्बोधनका लागिआवश्यक क्षेत्रमा हेल्पडेस्क वा एन आर एनए प्रतिनिधि राखि कार्य सन्चालन गर्नेछु सके सम्म गोजो को लागि छुट्टै LCC (Local Coordination Committee) को स्थापना गर्ने प्रतिबद्दता गर्दछु |

१६) माल्टाबाट नेपालमा लगानी तथा पर्यटक भित्र्याउनको लागि प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्नेछु।

१७) माल्टावासी नेपालीहरुको भरोसा र आस्थाको केन्द्रको रुपमा सबैलाई अपनत्व महशुस हुने गरी एन आर एनए माल्टालाई जनस्तरमाझ पुर्याउने छु ।

१८) माल्टामा नेपालका विविध जातजाति र उनिहरुका भौगोलिक तथा सांस्कृतिक भेषभूषा एवं झांकीहरु सहित सास्कृतिक कार्यक्रमहरुलाई प्रवद्धन गर्दै, नेपालमा मालटिज पर्यटक भित्र्याउने वातावरण बनाउन सांस्कृतिक विभागको गठन गर्नेछु ।
१९- सबै भन्दा ठुलो योजना आम माल्टाबासि नेपालि दाजु भाई तथा दिदिबहिनि हरुको प्यारो मान्छे बन्ने मेरो पहिलो उदेश्य हुनेछ |

प्रकाशित मिति:     २ श्रावण २०८०, मंगलवार  |    Himali Khabar