अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले खोले ‘डोनाल्डजेट्रम्प.कम’

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले खोले ‘डोनाल्डजेट्रम्प.कम’

काठमाडौं । ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेबसाइट खोलेका छन्।

अनलाइनमार्फत् सञ्चार गर्न ट्रम्पले डोनाल्डजेट्रम्प.कम वेबसाइट सुरू गरेका हुन्। उक्त वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र उनका सन्देशहरू समावेश गरिएका छन्। ट्रम्पले त्यहाँ गरेका पोष्टलाई फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने बनाइएको छ। तर पोष्टमा कमेन्ट गर्ने सुविधा भने छैन।

वेबसाइटमा ट्रम्पले नयाँ पोष्ट गर्नासाथ नोटिफिकेसन आउने गरी साइन इन गर्न मिल्ने अप्सन पनि राखिएको छ।

प्रकाशित मिति:     २२ बैशाख २०७८, बुधबार  |    Himali Khabar