उपत्यकामा आज एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

उपत्यकामा आज एकै दिन झण्डै तीन हजारमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:     १७ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar