कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आजदेखि

कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आजदेखि

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज खोप लगाइँदै छ। दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्नेछ।

खोप अभियानअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ।

गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्। पहिलो खोप जुनै स्थानमा लगाएको भए पनि दोस्रो खोप आफूलाई पायक पर्ने केन्द्रबाट लगाउन सकिने बताइएको छ।

प्रकाशित मिति:     ७ बैशाख २०७८, मंगलवार  |    Himali Khabar