काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले विद्यालयमा अनलाइनमाध्यमबाट पठनपाठन गराउन आजै आदेश जारी हुने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समय कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले यसअघि नै शैक्षिक संस्था बन्द गर्नुपर्ने निर्णय गरेको थियो ।