काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८४ पीसीआर परीक्षणमा एक हजार १५ जना र छ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।
संक्रमितमध्ये काठमाडौं जिल्लामा तीन सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा चार सय ३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।