काठमाडौं । भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्। गत २४ घण्टाभित्र भारतमा २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका हुन्।
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ।
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २२ लाख २२ हजार ४३४ संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ८० हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८७९ जनाको मृत्यु भएको छ।
तेस्रोमा ब्राजिल छ । त्यहाँ एक करोड ३६ लाख ३४ हजार ३४२ संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ७६ हजार संक्रमित थपिँदा ३ हजारभन्दा बढीको मृत्यु भएको छ।