नेपालमा पनि देखियो कोरोनाको डबल म्युटेन्ट भेरियन्ट

नेपालमा पनि देखियो कोरोनाको डबल म्युटेन्ट भेरियन्ट

काठमाडौ । नेपालमा पनि कोरोना भाइरसको डबल म्युटेन्ट भाइरस फेला परेको छ। ललितपुरका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिए।

उनका अनुसार जीन स्विक्वेन्सिङका लागि हङकङमा पठाइएको १५ वटा नमुनामध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको हो। ५९ वर्षका एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको भदै कन्ट्याक्ट ट्रेसिङ लगायतका काम भइरहेको उनले बताए ।

भारतका धेरै स्थानमा डबल म्युटेन्ट भाइरस देखिएको छ। नेपालमा भने यो पहिलो पटक हो। नेपालमा देखिएको भाइरस भारतबाट आएको हो वा नेपालमा नै म्युटेन्ट भएको हो भन्ने विषयमा थप अध्ययन भइरहेको छ।

प्रकाशित मिति:     २ बैशाख २०७८, बिहीबार  |    Himali Khabar