मेरो शेयर र डिम्याट खाता नविकरण रकम अब खल्तीबाट बुझाउन सकिने

मेरो शेयर र डिम्याट खाता नविकरण रकम अब खल्तीबाट बुझाउन सकिने

काठमाडौं, ११ चैत । मेरो शेयर र डिम्याट खाता नविकरण शुल्क अब ‘खल्ती’बाटै तिर्न सकिने भएको छ । खल्ती र सिडिएस एण्ड क्लियरिङको सहकार्यमा अब मेरो शेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नविकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने छ ।

यो सम्झौतामा सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण साद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् । डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नविकरण गर्ने सुविधा उपलब्ध गरिएको छ ।

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ । हाल डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा बढी छ । यसअघि लगानीकर्ताहरूले डिम्याट खाता संचालक मेरो शेयर र कम्पनी (डिपी) मा गएर डिम्याट खाता नविकरणको शूल्क तिर्नुपर्ने बाध्यता थियो ।

खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेलले यो सेवाले नागरिकलाई लगानी गर्न थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:     ११ चैत्र २०७७, बुधबार  |    Himali Khabar