किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त

किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त

काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो ।

दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । दंगालले किसान आयोगमा आफ्नो नियुक्ति भएको जानकारी दिए ।

प्रकाशित मिति:     २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar