एभरेष्ट बैंकमा कर्मचारी माग

एभरेष्ट बैंकमा कर्मचारी माग

काठमाडौं । एभरेष्ट बैंकले जुनियर असिस्टेन्को लागि कर्मचारी माग गरेको छ । बैंकले उक्त पदको लागि कम्तिमा स्नातक तहमा ४५ प्रतिशत र सीजीपीए २ भन्दा बढी ल्याई उतीर्ण भई योग्यता पुगेका कर्मचारीको माग गरेको हो ।

बैंकले आवेदन भर्ने दिनसम्ममा २६ वर्ष पूरा भएको हुनुपर्ने जनाएको छ । जसमा बैंकले अङ्ग्रजी र नेपाली भाषामा राम्रो कम्यूनिकेशन भएको, कम्प्यूटरमा काम गरेको अनुभव र बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्ने उल्लेख गरेको छ । बैंकले छनौट गरी उत्तीर्ण भएका परीक्षार्थीहरूलाई ६ महिनासम्म परीक्षण अवधि राखिएको जछ । ६ महिनापश्चात बैंकले कार्य उपयुक्त लागेमा ४० हजारभन्दा कम मासिक तलब नहुने दाबी गरेको छ । साथै, मासिक तलबसँगै बोनस, प्रोभिडेन्ट फन्डको व्यवस्था हुने जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरूले कार्तिक ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति:     २० आश्विन २०७८, बुधबार  |    Himali Khabar