इजरायल जान आवेदन दिएका कामदारको लिखित परीक्षा भदौ २८ गते

इजरायल जान आवेदन दिएका कामदारको लिखित परीक्षा भदौ २८ गते

काठमाडौं । इजरायल (केयर गिभरमा) जान आवेदन दिएका नेपाली कामदारले भदौ २८ गते परीक्षा दिन पाउने भएका छन् । काठमाडौं उपत्यकाको विभिन्‍न परीक्षा केन्द्रहरूमा १ बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

आवेदन स्वीकृत भएका परीक्षार्थीहरूको परीक्षा केन्द्र अनलाइनमार्फत जानकारी हुने र प्रवेश पत्र साथमा लिइ परीक्षा केन्द्र जानुपर्ने विभागले जानकारी दिएको छ । यसअघि इजरायल जान साउन ४ देखि ३२ गतेसम्म आवेदन दिने समय तोकिएको थियो ।

प्रकाशित मिति:     १५ भाद्र २०७८, मंगलवार  |    Himali Khabar