विमानस्थलमा पुगेका यात्रु नलिई हिमालय एयरलाइन्स दुबई उड्यो

विमानस्थलमा पुगेका यात्रु नलिई हिमालय एयरलाइन्स दुबई उड्यो

काठमाडौं । हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जानका लागि सोमबार साँझ केही यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए।

विमानस्थल पुगेका उनीहरू जहाज चढ्न भने पाएनन् बरू अन्तिम समयमा सूचना आयो- एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न सकिन्न।

यात्रुहरू केहीबेर अलमलमा परे। कोही आक्रोशित भए। अन्तिम समयमा जहाज चढ्न नपाएपछि उनीहरू घर फर्किए।
यात्रु नलिइकन हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि उड्यो। उताबाट यात्रु ल्याउनका लागि जहाज काठमाडौंबाट खाली गएको हो।

प्रकाशित मिति:     २६ श्रावण २०७८, मंगलवार  |    Himali Khabar