इजरायल रोजगारीका लागि १२ दिनमा करिव २० हजारको आवेदन

इजरायल रोजगारीका लागि १२ दिनमा करिव २० हजारको आवेदन

काठमाडौं । सरकारले इजरायल रोजगारीका लागि खुला गरेको आवेदनमा १२ दिनको अवधिमा झण्डै २० हजारले आवेदन दिएका छन् । आवेदन खुलेको २१ दिनसम्म आवेदन दिने सकिनेमा आइतबार साँझसम्म १९ हजार ९५ जना आवेदनकर्ताले युजर आइडी बनाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्राप्त आवेदनमध्ये तीन हजार आठ सय जनाले कागजपत्र पुर्‍याएको विभागको इजरायल शाखाले जनाएको छ । आवेदन दिनेमा एक हजार ६ सय ५१ जना महिला र दुई हजार एक सय ६१ जना पुरुष रहेका छन् ।

एक हजार श्रमिकका लागि साउन १२ गते आवेदन खुला गरिएकोमा १२ दिनको अवधिमा चार गुणा बढी आवेदन परेको छ ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar