इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ । विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले यसका लागि कामदार छनौट गर्ने विषय अघि बढेको बताए ।

निर्देशक भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताए । इजरायल जान चाहने कामदारको लागि सोमबार वा मंगलबार सूचना सार्वजनिक गरिने छ । सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ ।

सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजलायलको कानुनी व्यवस्थाबारेमा जानकारी राखिनेछ भने परीक्षा अंग्रेजी भाषामा हुने छ ।

प्रकाशित मिति:     ९ श्रावण २०७८, शनिबार  |    Himali Khabar